७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहलाई ‘माघ २३ मा हेर्न’ भनेको सभाको यसरी हुँदैछ तयारी

प्रकाशित मिति :  25 January, 2021 2:46 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले माघ २३ गते हुने प्रर्दशनमा २ लाख जनता उतार्ने दाबी गरेको छ ।

प्रचण्ड-नेपाल समूहले गरेको जनसभालाई काउन्टर गर्न र आफ्नो पक्षमा जनमत देखाउन प्रर्दशन गर्न लागेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मूल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको हो ।

जनसभा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा हुने जनसभालाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागिता व्यापक बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बागमति प्रदेश संगठन कमिटीले पत्रकार सम्मेलन गरी दुई लाख जनता सहभागी गराउने दाबी गरेको छ । जनसभा सफल बनाउनका लागि कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा १,१११ सदस्य कमिटी गठन गरको बागमती अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरि १७ जिल्लाको नेतृत्व परिचालन हुने पोख्रेलले जानकारी दिए । जनसभा परिचालनको सचिवालय बागमती प्रदेश कमिटीको कार्यालय ललितपुरमा सचिवालय तोकिएको छ ।

नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिल समेत उपत्यका विशेगरेको छ । फोहोर भईहालेमा कार्यक्रमको समापनपछि स्वयमसेवकले त्यसलाई सफा गर्ने कमिटि अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !