१६ चैत्र २०८०, शुक्रबार

प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरी हस्तक्षेप

प्रकाशित मिति :  25 January, 2021 5:06 pm


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

मार्च गर्दै बालुवाटार पुगेका अभियन्ताहरुलाई प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहराले हानेको थियो । आक्रमणमा केहि अभियन्ताहरु घाइते भएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज प्रदर्शनमा सहभागी थिए।

प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपोखरीको माटो निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए। पत्रकार नारायण वाग्लेले प्रहरीले शान्तिपूर्ण हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले तेस्रो जनआन्दालन सुरु हुने चेतावनी दिए ।

 



प्रतिक्रिया दिनुहोस !