८ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगको निर्णयपछि नेता पुनको टिप्पणी: संवैधानिक निकाय लाचार बन्यो

प्रकाशित मिति :  25 January, 2021 5:34 pm


फाइल फोटो

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले देशको कार्यकारी प्रमुखका अगाडी संवैधानिक निकाय लाचार बनेको टिप्पणी गरेका छन् ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री पुनले ‘नेकपाको ४ सय ४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको आयोगले, ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता नदिनु निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको अरोप लगाए ।

संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले गरेको निर्णयका विषयमा टिप्पणी गर्दै नेता पुनले पार्टी भित्र छलफल गरी अयोगका निर्णयबारे धारणा सार्वजनिक गर्ने बताए ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । जसको नेतृत्व एउटा केपी शर्मा ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्दै आएका छन् ।

आफू आधिकारिक भएको निर्णय गर्दै दुबै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले हिजो मात्रै विभाजनलाई मान्यता नदिएर पुरानै पार्टी संरचना आधिकारिक भएको निर्णय गर्दै आज पत्राचार गरेको छ । यो निर्णयपछि नेता पुनले आयोगमाथि आक्रोश पोखेका हुन् ।

नेता पुनले संसद पुनःस्थापना बाहेक अर्को विकल्प नभएको भन्दै संसद पुनःस्थापना पछि मात्र्रै संविधान ट्रयाकमा आउने दाबी गरे ।

 

 



प्रतिक्रिया दिनुहोस !