१२ श्रावण २०८१, शनिबार
प्रधानमन्त्री ओलीप्रति टिप्पणी

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउछन् : नेता पौडेल

प्रकाशित मिति :  26 January, 2021 1:20 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली र सरकार निर्लज्ज रुपमा प्रस्तुत हुन सुरु गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा नेता पौडेलले भनेका छन्, “प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।”

उनले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गरेको पौडेलको टिप्पणी छ । उनले भनेका छन्,”हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।”

हिजो बालुवाटारमा नागरिक अभियन्तामाथि भएको दमनप्रति आपत्ति जनाउँदै नेता पौडेलले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गरेको टिप्पणी गरे ।

उनले भनेका छन, “तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।”

 

 



प्रतिक्रिया दिनुहोस !