२३ बैशाख २०८१, आइतबार

नेपाल लाइफको ५१ प्रतिशत लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  26 January, 2021 1:46 pm


काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बम्पर लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गतेदेखि बुक क्लोज गर्दैछ । आजै सेयर किनेमा कम्पनीले प्रदान गरेको कुल ५१ प्रतिशत लाभाशं हात पार्न सकिन्छ । कम्पनीले गत वर्षको नाफाबाट ३१ प्रतिशत बोनस सेयर र कर सहित २० प्रतिशत नगद गरी कुल ५१ लाभांश वितरण गर्दैछ ।

यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।

यहि माघ २८ गते वीरगन्जमा कम्पनीको २०औं साधारण सभा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !