२० बैशाख २०८१, बिहिबार

निरन्तर नयाँ रेकर्ड राखेको नेप्से मंगलबार १७.७९ अंकले घट्यो

प्रकाशित मिति :  26 January, 2021 3:54 pm


काठमाडौं ।  निरन्तर नयाँ रेकर्ड राखेको नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन बजार १७.७९ अंकले घटेर २४२३.०९ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.५८ अंकले घटेर ४४७.२४ अंकमा पुगेको छ ।

नेप्सेमा भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहहरुको मात्र सेयर बढेको छ, भने बाँकी १० वटा उपसमुहको सेयर घटेको छ ।
आज होटेल्स् समूह ५४.०५ अंकले उकालो लाग्दा वित्त समूह १३.०७ अंकले बढेको छ ।

आज निर्जीवन बीमा समूहमा सर्वाधिक ९८.५७ अंकले घटेकोे छ । व्यापार समूह ९२.४२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ६.८१ अंक, विकास बैंक समूहमा २९.४८ अंक, जलविद्युत् समूहमा २७.५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४१.८७ अंक, अन्य समूहमा २५.७९ अंक, लघुवित्त समूहमा ४१.०९ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको घटेका छन् ।

नेप्सेमा आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कुल २ सय ७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !