६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

प्रकाशित मिति :  27 January, 2021 1:00 pm


काठमाण्डौ । नेपाली बजारमा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । यस सँगै आज छापावाला सुन प्रतितोला ९२ हजार १ सय र तेजाबी सुन प्रतितोला ९१ हजर ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँ बढेर ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !