२३ बैशाख २०८१, आइतबार

नेपाल बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घट्यो

प्रकाशित मिति :  27 January, 2021 1:55 pm


काठमाडौं ।  नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैकले सार्वजनिक गरेको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ०.१४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेपनी कर खर्चमा बृद्धि भएकाले बैंकको खुद मुनाफा केहि अंकले घटेको हो । यो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ रहेको र जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ ।

अन्तिम ६ महिनामा बैंकको निक्षेप बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !