१२ श्रावण २०८१, शनिबार

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आउँदै

प्रकाशित मिति :  28 January, 2021 1:32 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोनले अनुमति दिएको छ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते बुधबार धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओपछि पुँजी १० करोड पुग्नेछ ।

संस्थाले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !