१२ श्रावण २०८१, शनिबार

केही महिनाभित्र केपी ओलीको यो स्वेच्छाचारिता अन्त्य हुनेछ : प्रचण्ड

प्रकाशित मिति :  28 January, 2021 4:55 pm


रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती निरङ्शताको एजेन्ट जस्तो देखिएको टिप्पणी गरेका छन् ।

बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै आफूले सबै त्याग गरेपनि आफूले बनाएको अध्यक्ष अहिले आएर सामन्ती निरङ्शताको एजेन्ट जस्तो भएको टिप्पणी गरेका हुन् ।

अहिले ओलीले आफू श्री ३ महाराज बन्ने सपना देखेको आरोप समेत लगाए। उनले ओलीको स्वेच्छाचारिता चुट्कीको भरमा ध्वस्त हुने चेतावनी दिए ।

उनले भने,”केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । हेर्नुहोला केही महिनाभित्र केपी ओलीको यो स्वेच्छाचारीता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने छन् र हामी देशलाई एउटा नयाँ युगतिर लिए जानेछौं ।”

उनले सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुर्नस्थापित हुने दाबी गरे । तर सबैभन्दा ठूलो निर्णयकर्ता जनताको अदालत भएको प्रचण्डको भनाई थियो । उनले अब ओलीकोे कदमलाई परास्त गरेर २ वर्षभित्र नयाँ नेपालको जग बसाएर छोड्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !