१६ बैशाख २०८१, आइतबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड, सेयर भर्ने जति सबैले पाए

प्रकाशित मिति :  29 January, 2021 12:30 pm


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर आईपीओको आज बाँडफाँड भएको छ । उक्त आइपीओ बाँडफाँड शुक्रबार विहान १० बजे सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले आफ्नो फेसबुक पेजमार्फत लाइभ गरेको हो ।

यस आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३ सय कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८ सय ५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २ सय ४८ आवेदकले ६ लाख ७ हजार ४ सय ४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९ सय ३४ आवेदकले ६ लाख ७७ हजार ३ सय ६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९ सय ३८ आवेदकले ८९ लाख ९६ हजार ९ सय कित्ता शेयर हात पारेका छन् ।

उक्त आइपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएको थियो ।
यसैगरी, ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै शेयर पाएका छन् । कुल ७ करोड ९ लाख १९ हजार २ सय ८० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।



प्रतिक्रिया दिनुहोस !