१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशको स्थायी राजधानीको संरचना निर्माणका लागि काम सुरु

प्रकाशित मिति :  29 January, 2021 7:06 pm


दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको संरचना निर्माणका लागि काम सुरु भएको छ ।

स्थायी संरचना निर्माणका लागि प्रदेश पुर्वाधार विकास प्राधिकरण स्थापना भएको छ ।

राप्ती गाउँपालिकाको बिजौरीमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमबीच प्राधिकरणको कार्यालय उदघाटन गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरका रुपमा विकास गर्ने बताएका छन् ।

प्रदेश सभाले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा बनाउने निर्णय गरेको थियो । निर्णय लगत्तै संरचना बनाउन प्राधिकरण स्थापना भएको हो ।



प्रतिक्रिया दिनुहोस !