१२ बैशाख २०८१, बुधबार
म्यानमारमा राजनीतिक संकट

म्यानमारमा संसद बैठक बस्नु अघि नै सैन्य कू,एक वर्ष संकटकालको घोषणा

प्रकाशित मिति :  1 February, 2021 9:35 am


काठमाडौं ।  म्यानमारमा संसद बैठक बस्नुअघि नै सैन्य कू भएको छ  ।

त्यहाँको सेनाले नेतृ आङ साङ सु की र राष्ट्रपतिसहित सत्तारुढ दलका नेतालाई गिरफतार गर्दै संकटकालको घोषणा गरेको छ ।

नेपाल समय अनुसार राति २ बजेदेखि सेनाले धरपकड सुरु गरेको थियो । गत नोमेम्बरमा भएको चुनावमा सत्तारुढ पार्टी नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी) ले भारी बहुमत ल्याएपछि तनाव सुरु भइरहेका बेला सेनाले सत्ता आफ्नो हातमा लिएको हो ।

चुनावपछि आज पहिलो संसदको बैठक बोलाइएको थियो । संसद बैठक बस्नुअघि नै सेनाले शासनसत्ता आफ्नो हातमा लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाले चुनावमा धाँधली भएको आरोप लगाउदै आएको थियो । म्यानमारका सेनाप्रमुख मिन औंग ह्लाइले भिडियो सम्बोधन मार्फत सत्ता आफ्नो हातमा ल्याएको घोषणा गरेका छन् । एएलडीका प्रवक्ताले पार्टीकी सर्वोच्च नेता सु की , राष्ट्रपति विन मिन्ट तथा अन्य नेताहरूलाई बिहानै गिरफ्ता गरिएको जनकारी गराएका   छन् ।

म्यानमारमा सैन्य कू भएपछि अमेरिका र अष्ट्रेलियाले विरोध गरेका छन् । सेनाले भने सत्तारुढ दलका नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !