१७ माघ २०७९, मंगलबार

रूससँग एस फोर हन्ड्रेड नकिन्न भारतलाई अमेरिकाको चेतावनी

प्रकाशित मिति :  3 February, 2021 6:24 pm


काठमाडौ । अमेरिकाले भारतलाई रूससँग एस फोर हन्ड्रेड क्षेप्यास्त्र प्रणाली नकिन्न चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपतिको रूपमा जो बाइडनले सपथ ग्रहण लिएयता अमेरिकाको तर्फबाट भारतलाई यस किसिमको चेतावनी पहिलो पटक सार्वजनिक भएको देखिएको छ ।

भारतको दि इकोनोमिक टाइम्स अनलाइन संस्कारणले “ इन्डिया रसिया डिल्स नो ब्ल्यांकेट वेभर अन एस फोर हन्ड्रेड, अर्ज इन्डिया तय अभोइड रसियन डिल्स युएस” शीर्षकमा सार्वजनिक गरेको समाचारमा यस्तो उल्लेख गरेको हो ।

भारतको बेङ्गलुरुमा आयोजित एयरो इन्डिया समिटमा भाग लिन आएको अमेरिकी प्रतिनिधिमण्डलका प्रमुखले भारत इन्डो प्यासिफिक सेक्युरिटीको महत्वपूर्ण तथा भरपर्दो साझेदार भएको र अमेरिकाले भारतलाई आत्मनिर्भर बन्न खोज्ने भारतको सक्षमताको विकासका लागि काम गर्न चाहेको जनाएका छन ।

जमिनबाट आकाशमा मार हान्न सक्ने रूसी क्षेप्यास्त्र प्रणाली एस फोर हन्ड्रेड खरिद गर्न आदेश दिएको छ । यो क्षेप्यास्त्र प्रणालीको आपूर्ति यो वर्षको अन्तयतिर भइसक्ने अपेक्षा गरिएका बेला भारतमा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख डन हेइनले यस्तो जनाए ।

नाकाबन्दीमा छुट दिने विषय एक पछि अर्को गरी हेरी हेरी गरिने प्रावधान रहेको बताउँदै हेइनले समिटमा भने “ हामी आफ्ना सबै सहयोगी तथा साझेदारहरूलाई रूससँग कारोबार नगर्न आग्रह गरेका छौ । उनीहरूले अमेरिकी कांग्रेसले पारित गरेको अमेरिकाकाज एन्डभर्सरिज थ्रु स्यान्सन्स एक्टको प्रतिकूल हुने गरी भारतले काम गर्न नहुने बताएका छन ।



प्रतिक्रिया दिनुहोस !