५ जेष्ठ २०८१, शनिबार

सुर्योदय लघुवित्तको मुनाफा ६४.९० प्रतिशतले बढ्यो

प्रकाशित मिति :  5 February, 2021 3:24 pm


काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधीमा गत वर्षको तुलनामा यस वर्ष ६४.९० प्रतिशतले नाफा वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएकोे छ । उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६४.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ७९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ४५ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !