१२ श्रावण २०८१, शनिबार
भारतमा विपद्

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा कम्तिमा १ सय ५० जना बेपत्ता, गाउँहरू खाली गराइए

प्रकाशित मिति :  7 February, 2021 2:49 pm


काठमाडौ । भारतीय प्रान्त उत्तराखण्डको  चमोली जिल्लामा  हिमनदीको एक भाग फुट्दा ऋषि गंगा जलविद्युत आयोजनामा काम गरिरहेका १ सय ५० जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रभावित हुन सक्ने गाउँका मानिसहरूलाई त्यहाँबाट खाली गराइएको र उद्धार कार्य शुरू गरिएको छ ।

उत्तराखण्डका प्रमुख सचिव ओमप्रकाशले तत्काल यकिन संख्या थाहा नभएपनि कम्तिमा २ सय जना बेपत्ता भएको हुन सक्ने उल्लेख गरेका छन् ।  हिमनदीबाट बनेको नदीमा बगिरहने जलस्तर बढ्दै गएको देखिएपछि ती क्षेत्रमा मानिसहरूलाई हटाउन लगाइएको थियो ।

भारतका टेलिभिजन र समाचार संस्थाहरूमा नदीको प्रवाहसहितका फुटेजहरू प्रसारण गरिएको रायेटर्सले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अलकनन्दा नदीको प्रवाह नन्दप्रयाग भन्दा परको क्षेत्रमा सामान्यभन्दा बढी फराकिलो हुन पुगेको र उद्धार कार्यका लागि काम भइरहेको ट्वीटरमा जनाएका छन् ।

नदीको पानीस्तर सामान्यभन्दा एक मिटर माथि रहेको छ । तर यसको प्रवाहमा भने कमी रहेको छ । चामोली जिल्लाको प्रहरीले त्यसक्षेत्रका बासिन्दालाई सक्दो छिट्टो अन्यत्र सर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !