१२ श्रावण २०८१, शनिबार

निफ्राको आइपीओ डिम्याटमा जम्मा हुन थाल्यो, तपाईको खातामा आयो ?

प्रकाशित मिति :  7 February, 2021 2:43 pm


काठमाडौं । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडको साधारण सेयर आइपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरु भएको छ ।

नेप्सेमा सुचिकरणको प्रक्रियामा रहेको निफ्राको आइपिओलाई नेप्सेले सेयर कारोबार गर्नका  NIFRA सिम्बोल प्रदान गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको हाल सम्मकै ठूलो ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !