२१ बैशाख २०८१, शुक्रबार

पुडेन्सियल इन्स्योरेन्सद्धारा लाभाशं घोषणा

प्रकाशित मिति :  8 February, 2021 1:07 pm


काठमाडौं । पुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनी हिजो माघ २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँबराबरको ८ प्रतिशत बोनस सेयर रे ४३ लाख २१ हजार ८१८.९५ रुपैयाँबराबरको ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृति प्राप्त भएपछी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !