१२ श्रावण २०८१, शनिबार

विवेकशील साझा पार्टीद्धारा प्रतिनिधि सभा विघटन विरुद्ध जुत्ता प्रर्दशन

प्रकाशित मिति :  8 February, 2021 5:24 pm


काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधि सभा विघटन विरुद्ध जुत्ता प्रर्दशन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएर प्रतिनिधि सभा विघटन गरेको भन्दै विवेकशीलले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको हो । जुत्ता प्रदर्शन गर्दै विवेकशील साझा पार्टीले प्रतिनिधि सभा विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेको छ ।

उनीहरुले ‘संसद विघटन खारेज गर’, ‘विधि र विधान नकुल्च’, लगायतका नारा लेखिएको प्लेकार्ड र जुत्ता प्रर्दशन गरेका थिए ।

उनीहरुले संसदीय सुनुवाइविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविको पनि विरोध गरेका थिए । विवेकशील पार्टीले संसद विघटन भएदेखि विभिन्न शैलीमा विरोध प्रर्दशन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !