२३ बैशाख २०८१, आइतबार

बिओकेले ८ लाख ५० हजार कित्ता सेयर लिलामीमा राख्यो

प्रकाशित मिति :  9 February, 2021 1:48 pm


काठमाडौं । बैंक अफ काठमाण्डुले आफ्नो स्वामित्वमा रहेका २ वटा लघुवित्तको सेयर लिलामीमा राखेको छ । बैंकले छिमेकी लघुवित्त र आरएमडीसी लघुवित्तक कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

छिमेकी लघुवित्तको ७ लाख कित्ता सेयर प्रतिकित्ता न्यूनतम ६ सय रुपैयाँ र आरएमडीसी १ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता न्यूनतम ५२० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर लिलामीमा विओके क्यापिटल मार्केट कमलादी, काठमाडौं तथा बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगंज, हेटौडा, नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !