२४ बैशाख २०८१, सोमबार

निफ्राको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबारमा आउने

प्रकाशित मिति :  11 February, 2021 12:57 pm


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को सेयर कारोबार आगामी आइतबारदेखि हुने भएको छ । आज बिहीबार नेप्सेस्थित निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच सूचीकरण सम्बन्धी सम्झौता हुँदैछ ।

निफ्राको सेयर नेप्सेमा सूचीकरण भएपछि आगामी आइतबारबाट भने दोस्रो बजारमा सेयर कारोबार हुनेछ । नेप्सेले निफ्रालाई पनि अन्य (अदर्स) उपसमूहमा समावेश गर्ने बताइएको छ । निफ्राको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ तोक्ने जनाएको छ ।

निफ्राले गत माघ २ गतेबाट ६ गते सम्म हाल सम्मकै ठूलो ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो।



प्रतिक्रिया दिनुहोस !