८ पुस २०८२, मंगलबार

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

प्रकाशित मिति :  11 February, 2021 2:45 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोध गर्दै तत्काल रिहा गर्न माग गरको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै झाँक्रीलाई गरिएको गिरफ्तारीबाट पार्टी आश्चर्यचकित भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ विज्ञप्तिमा भनिएको छ।”

विज्ञप्तिमा भनिएको छ,लोकतन्त्रमा राजनीतिमा संलग्न कुनैपनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्य विरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम,पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।

 



प्रतिक्रिया दिनुहोस !