२४ बैशाख २०८१, सोमबार

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा साढे २३ करोड माथि

प्रकाशित मिति :  12 February, 2021 4:08 pm


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले दोस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले बीमांकिय मूल्यांकन अघि २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष ६ लाख ३२ हजार रुपैयाँले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ४८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ अर्थात ४०.१ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ६८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २५ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३८ अर्ब १ करोड १३ लाख, जगेडा कोषमा एक अर्ब २४ करोड ८६ लाख र महाविपत्ती कोषमा ३० करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ७६.२५ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !