२० माघ २०७९, शुक्रबार

अभिनेत्री श्वेता खड्काले भनिन्,‘माझी बस्ती निर्माणबाट मैले हात झिकेको छैन’

प्रकाशित मिति :  12 February, 2021 5:40 pm


काठमाडौं । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकमा बन्दै गरेको माझी बस्तीबाट आफूले हात नझिकेको स्पष्ट पारेकी छन् ।

अभिनेत्री खड्काले बस्ती निर्माणबाट हात झिकेको खबरहरु सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्,“बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन ।”

उनले थप भनेकी छन्,“माझी टोलबाट हात झिकी भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु, जव सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन । मेरो अतिम इच्छा म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस् ।”

अभिनेत्री खड्काले पछिल्लो प्रचारलाई माझी बस्ती र आफूबीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्,“माझी बस्तीभित्रका केही व्यक्तिहरूलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ“ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो ।”

५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई आफूले बुझेको अभिनेत्री खड्काको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !