१३ बैशाख २०८१, बिहिबार

कोभिड–१९ कहिल्यै निर्मूल हुन नसक्ने युरोपियन युनियनको स्वास्थ्य प्रमुखको भनाइ

प्रकाशित मिति :  13 February, 2021 4:57 pm


काठमाडौ ।युरोपियन युनियनको स्वास्थ्य नियोगका प्रमुखले कोरोनाभाइरस कहिल्यै निर्मूल हुन नसक्ने बताएका छन ।

स्टकहम आधारित युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सनका प्रमुख एन्ड्रिया अम्मोनले एएफपीसँग कुराकानीमा यस्तो भनेकी छिन ।

अम्मोनले भनिन् –“यो पहिलो भाइरस होइन जो हामीसँग हुने छ ।

” स्वास्थ्य पदाधिकारीहरूले खोप कोभिड नियन्त्रण तथा रोकथामका लागि असरदार हुने भनिरहेका छन तर यसको मूल्यायंकन गर्न अझ समय बाँकी रहेको उनले जनाए ।

डिसेम्बर र जनवरीको महिनामा नयाँ संक्रमितहरूको संख्यामा कमी आइरहेको बताउँदै अम्मोनले सरकारहरूले कोभिड प्रसारमा बाधा लगाउनुपर्ने आवश्यकता रहेको बताइन ।



प्रतिक्रिया दिनुहोस !