८ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै

प्रकाशित मिति :  14 February, 2021 10:15 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज अर्को चरणको आन्दोलन घोषणा गर्दैछ ।

प्रतिनिधि सभा विघटनपछि तीन चरण आन्दोलन गरिसकेको उक्त समूहले थप आन्दोलन घोषणा गर्न लागेको हो । यसअघि प्रचण्ड नेपाल समूहले एक दिने आम हडताल,काठमाडौंमा दुई पटक केन्द्रिकृत जनसभा गरिसकेको छ ।

यस्तै धनगढी,बुटवल, बिराटनगरसहित विभिन्न ठाउँमा जनसभा र प्रर्दशन गर्दै आएको छ ।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । विभाजित नेकपाको एउटा पक्षको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरिरहेका छन् ।

प्रतिनिधि सभा विघटनबारेको मुद्धा सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ । पार्टीको आधिकारिकतबाारे निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन । सुरुमा दुबै पक्षले पार्टी विभाजनको जानकारी दिएपनि आयोगले कसैलाई मान्यता दिएन ।

अहिले प्रचण्ड नेपाल समूहले पार्टी आधिकारिकताको दाबी गर्दै निवेदन दिएपनि कुनै निर्णय भएको छैन । अहिले दुबै पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिन विभिन्न कार्यक्रम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !