२४ बैशाख २०८१, सोमबार

दोस्रो बजारमा निफ्राको कारोबार सुरु, पहिलो कारोबार कतिमा भयो ?

प्रकाशित मिति :  14 February, 2021 12:02 pm


काठमाडौं । निफ्राको सेयर नेपाल इन्फ्रास्ट्ररक्चर बैंक –निफ्रा)को सेयर आजदेखि दोस्रोबजारमा कारोबार सुरु भएको छ । नेप्सेले निफ्राको सेयर प्रि ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको छ । बैंकको १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।

बैंकको २० करोड कित्ता साधारण सेयर (आइपिओ) बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । निफ्राले हाल सम्मकै ठूलो आइपीओ गत माघ २ गतेबाट ८ करोड कित्ता निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !