७ बैशाख २०८१, शुक्रबार

प्रभु इन्स्योरेन्सले लाभाशं घोषणा गर्यो, बोनस सेयर कति ?

प्रकाशित मिति :  14 February, 2021 12:29 pm


काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा प्रस्ताव गरेको छ ।

गत माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हो ।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख २७ हजार ४८४ रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३४१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणभसाबाट पारित सेयरधनीहरुलाई वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !