१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्धारा थप आन्दोलनको घोषणा

प्रकाशित मिति :  14 February, 2021 2:38 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले थप आन्दोलनको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडाँ कोटेश्वरमा पत्रकार सम्मेलन गरेर केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार प्रचण्ड नेपाल समूहले फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्नेछ । त्यस्तै फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले जानकारी दिए ।

फागुन ७ मा सबै वडामा विरोध सभा हुने छ भने फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उक्त समूहले तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !