१६ चैत्र २०८०, शुक्रबार

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयास : नेपाली कांग्रेस

प्रकाशित मिति :  15 February, 2021 11:48 am


काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयास भएको टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,”सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छंदैछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।”

कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नमिल्ने कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ,”सामाजिक संजालमा व्क्त मतलाई सरकारी आवेगले कार्बााहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !