४ जेष्ठ २०८१, शुक्रबार

सुनकाे मूल्य घट्याे

प्रकाशित मिति :  15 February, 2021 12:22 pm


काठमाडाैं ।  नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य सोमबार १ सयले घटेर तोलाकाे ९० हजार ७०० रुपैयाँ कारोबार मूल्य ताेकिएकाे छ ।

यस्तै तेजाबी सुनकाे मूल्य तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार मूल्य निर्धारण गरिएकाे छ ।

यस्तै आइतबार १३३५ रुपैयाँमा कारोबार भएकाे चाँदीकाे मूल्य साेमबार ५ रुपैयाँ बढेर १३४० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !