१६ चैत्र २०८०, शुक्रबार

कारोबारमा आएको दुई दिनमै निफ्राका लगानीकर्ता बने मालामाल

प्रकाशित मिति :  15 February, 2021 3:53 pm


काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकका सेयरधनी मालामाल भएका छन् । आइपीओ भरेको एक महिना नहुँदै निफ्राका लगानीकर्ता मालामाल बनेका छन् । प्राथमिक सेयर खरिद गरेका लगानीकर्ता निफ्राको सेयर दोस्रो बजारमा कारोबार खुलैकै दिनबाट कमाउन थालेका हुन् ।

नेपाल स्टक एक्सचेन्जले बैंकको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँदेखि अधिकतम ३४० रुपैयाँको रेन्ज तोकिदिएको थियो । आइतबार पहिलो कारोबार भएकै दिन ३४ अंकले ३७४ अंकमा सकरात्मक सर्किट लागेको थियो । पहिलो दिनमै लगानीकर्ताले १६ हजार ४ सय ४० रुपैयाँ कमाएका थिए भने आज दोस्रो दिन पनि ३७ अंकले बढेर सर्किट लागेको छ ।

निफ्राको प्राथमिक शेयर खरिद गरेका लगानीकर्ताले एक महिना नपुग्दै २० हजार ५ सय ५० रुपैयाँ कमाएका छन् । कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने जति सबैले प्राप्त गरेका थिए । न्युनतम १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने जति सबैले प्राप्त गरेका हुन्। ५० कित्ता भन्दा बढि आवेदन दिने मध्ये केहिले ६० कित्तासम्म प्राप्त गरेका छन् ।

बैंकले गत माघ दुई गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । अधिकतम ६० कित्ता प्राप्त गर्नेले आजको मूल्य अनुसार २४ हजार ६ सय रुपैयाँ कमाएका छन् भने न्युनतम १० कित्ता खरिद गरेकाले पनि ४ हजार १ सय १० रुपैयाँ कमाएका छन्।



प्रतिक्रिया दिनुहोस !