२९ मंसिर २०८२, सोमबार

आज सरस्वती पूजा, विद्याकीदेवी सरस्वतीकाे पूजा गरिदै

प्रकाशित मिति :  16 February, 2021 8:28 am


काठमाडाैं । आज सरस्वती पूजा अर्थात बसन्त पञ्चमी विद्याकी देवी सरस्वती माताको पूजा आराधाना गरी मनाईदै छ ।

सेतोबस्त्र लगाई हातमा वीणा र पुस्तक सहित सेतो कमलकाे फुलमा आसिन माता सरस्वती मातालाई सम्मान र आस्था स्वरूप आजका दिन विषेश पूजाआजा गरी मनाईदै छ ।

बसन्त पञ्चमीकाे दिनमा  विद्या आर्जनका लागि शुभ दिन मानिन्छ । आजका दिन अक्षर आरम्भ गर्नाले शुभ हुने  भएका कारण साना नानीबाबुहरुलाई विद्यालय भर्ना गर्ने गरिन्छ । विद्या शुरु गर्नेदिन भएका कारण आज देशका सबै विद्यालयमा विशेष पूजा गरी अक्षर आरम्भ गर्ने चलन रही आएको छ ।

आज काठमाडौंको स्वयस्भु, गैरीधाराको नीलसरस्वती, लाजिम्पाटको नीलबराहीमा दर्शनार्थीको भीड हुने गर्दछ ।
आजबाट बसन्त ऋतृको शुरुवात हुने मान्यता रही आएको छ ।

सरस्वती वन्दना

सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं करोतुमे ॥

प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥

पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥

नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥

द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥

या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा



प्रतिक्रिया दिनुहोस !