६ जेष्ठ २०८१, आइतबार

२०० रुपैयाँले बढ्याे सुन

प्रकाशित मिति :  16 February, 2021 1:17 pm


काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २ सयले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार मूल्य ताेकिएकाे छ ।

त्यस्तै तेजावी सुन तोलाकाे ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी  मंगलबार २० रुपैयाँले बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !