१४ बैशाख २०८१, शुक्रबार

आज पनि निफ्राको सेयर मूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  16 February, 2021 1:42 pm


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर दोस्रो बजारमा आक्रमकरुपमा बढेको छ । आइतबार देखि कारोबारमा आएको निफ्राको सेयर मूल्यमा लगातार सकरात्मक सर्किट लागेको छ । प्रतिकित्ता ३ सय ४० रुपैयाँबाट पहिलो कारोबार भएको निफ्राको सेयरमुल्य आज ४५२ पुगेको छ ।

कारोबारमा आएको दिन देखि नै लगातार सर्किट लागेपछि निफ्राका लगानीकर्ताले मनग्ये कमाएका छन् । निफ्राको कम्तीमा १० कित्ता सेयर हुनेले आज ४ हजार ५ सय २० रुपैयाँ कमाएका छन् भने सबैभन्दा धेरै ६० कित्ता हुनेले २७ हजार १ सय १० रुपैयाँ कमाएका छन् ।

निफ्राले गत माघ २ गतेदेखि ६ गते सम्म इतिहासकै ठूलो ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन तथा बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !