६ जेष्ठ २०८१, आइतबार

ह्वातै घट्याे सुनकाे मूल्य

प्रकाशित मिति :  17 February, 2021 11:40 am


काठमाडौं । बृधवार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाकाे ९० हजार ९००मा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १ हजार ९९ रुपैँयाले घटेर ८९ हजार ८०१ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३५२ रुपैयाँमा कारोबारका लागि निर्धारण गरीएकाे छ ।

मंगलबार तोलाको १३६० रुपैयाँमा कारोबार भएको चाँदी बृधवार २० रुपैयाँले घटेर १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !