२४ बैशाख २०८१, सोमबार

नेप्से ९.९४ अंकले बढ्दा निफ्रा सर्वाधिक कारोबार गर्न सफल

प्रकाशित मिति :  17 February, 2021 4:01 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से उकालो लागेको छ । बुधबार नेप्से ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

आज नेप्सेमा जम्मा १२ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहहरुको सेयर घटेको छ ।त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।

आज व्यापार समूह सबैभन्दा बढी ५९.०६ अंकले उकालो लागेको छ । बैंकिङ समूह २९.७७ अंकले उकालो लागेको आज विकास बैंक समूहमा ३.५६ अंक, अन्य समूहमा १०.४३ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकले उकालो लागेको छ ।

आज जीवन बीमा समूह सर्वाधिक १४४.८३ अंकले ओरालो लागेको छ । निर्जीवन बीमा समूह १३६.५९ अंकले घटेको यो दिन होटेल्स् समूहमा १५.४५ अंक, जलविद्युत् समूहमा १४.४४ अंक, वित्त समूहमा १.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८६.४१ अंक र लघुवित्त समूहमा ४५.६४ अंकको गिरावट आएको छ ।

कम्पनीले ६९ करोड ४३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । नबिल बैंकको ४१ करोड, नेपाल बैंकको ३५ करोड, ग्लोबल आइएमई बैंकको ३६ करोड र नेको इन्स्योरेन्सको २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !