२० बैशाख २०८१, बिहिबार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भोली बिहान बाँडफाड हुने

प्रकाशित मिति :  18 February, 2021 12:31 pm


काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ भोली बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान ९ बजे सेयर बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमै बाँडफाँड हुने कार्यक्रम रहेको क्यापिटलले बताएको छ ।

ग्रीनलाइफको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। यो आईपीओमा १३ लाख २६ हजार ७७ आवेदकले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागको तुलनामा ७.३० गुणा बढी हो ।

आवेदन दिनेध्ये ३ लाख २५ हजार १६५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् भने १० लाख ९०० भन्दा धेरै आवेदक निराश हुने छन् ।

माघ २३ गतेदेखि २७ गतेसम्म ग्रीनलाइफ हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !