१३ बैशाख २०८१, बिहिबार

तोकिएको मिति मै चुनाव हुन्छ : नेम्वाङ

प्रकाशित मिति :  18 February, 2021 1:44 pm


 इलाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

बिहीबार इलाम सदरमुकाममा आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।

निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो भन्दै नेता नेम्वाङले भने,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।”
साथै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी जिकिर समेत नेम्वाङले गरे । रासस



प्रतिक्रिया दिनुहोस !