१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको अनौपचारिक बैठक जारी

प्रकाशित मिति :  19 February, 2021 2:07 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहको अनौपचारिक केन्द्रीय समिति बैठक बसिरहेको छ ।

नेकपा विभाजनपछि सडक आन्दोलनमा रहेको उक्त समूहले आज अनौपचारिक केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा भावी रणनीतिबारे छलफल हुने केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिइन् । प्रचण्ड नेपाल समूह चौथो चरणको आन्दोलनमा छ । निर्वाचन आयोगमा माघ २० गते पार्टीको आधिकारिकता दाबी गरेको उक्त समूहले नागरिकतासहित बैठकमा सहभागि हुन भनेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको थियो र एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

पार्टी विभाजनबारे निर्वाचन आयोगले दुबै पक्षलाई आधिकारिकता नदिएपछि प्रचण्ड-नेपाल समूहले पार्टी नै दाबी गर्दै आयोगमा निवेदन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !