१४ बैशाख २०८१, शुक्रबार

साताकाे पहिलाे दिन उकालाे लाग्याे सुनकाे मूल्य

प्रकाशित मिति :  21 February, 2021 12:27 pm


काठमाडाैं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार ८८ हजार २०३ रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य साताको पहिलो दिन आईतबार तोलाको ७ सय ९९ रुपैँयाले बढेर प्रतितोला ८९ हजार २ रुपैँया कारोवार भएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५३ रहेको छ । यसअघि शुक्रबार तेजावी सुनको ८७ हजार ७५४ रुपैँयामा कारोवार भएको थियो ।

त्यस्तै शुक्रबार १३०५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य २५ रुपैँयाले बढेर १३३०मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !