१९ बैशाख २०८१, बुधबार

एनसीसी बैंकले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  21 February, 2021 1:03 pm


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलामीमा राखेको संस्थापक समुहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर फागुन २ गतेदेखि लिलामीमा राखेको थियो ।

बैकले आफ्नो स्वामित्वमा रहेको २५ लाख कित्ता सेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ तथा त्यो भन्दा बढी मूल्य राखेर आवेदन दिन सकिन्छ ।
उक्त सेयरमा हालका संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरुले आजसम्म न्यूतमम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

बैंकले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !