८ बैशाख २०८१, शनिबार

असवैंधानिक कदमप्रति प्रचण्ड- माधव समुह पनि उतिकै दाेषी : शेखर काेइराला

प्रकाशित मिति :  21 February, 2021 2:21 pm


मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुष ५ मा सरकारले गरेको अंसवैधानिक कदममा केपी शर्मा ओलीसँगै प्रचण्ड- माधव समुह पनि उतिनै दोषी भएको बताएका छन् ।

नेपाली कांग्रेस मोरङ सुन्दर हैरैचाले आज आयोजना गरेको चियापान र पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै ओली सरकारले गरेको असवैंधानिक कदमप्रति माधव प्रचण्ड पक्ष पनि दोषी रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले सम्पति शुद्दिकरण विभाग,राजस्व अनुसन्धान विभाग र  राष्ट्रिय अनुसन्धान विभाग लिदासम्म प्रचण्ड- माधव समुह चुप लागि बसेका कारण उनीहरु पनि उतिकै दाेषी रहेकाे बताएका छन् । तीन वर्ष देखि सरकारले काम थोरै र कुरा धेरै गरेको उनकाे भनाइ रहेकाे छ ।

नेपाली कांग्रेस नअल्मलिएकाे, स्पष्ट रहेको बताउदै  पुस ५ को कदम लओकतान्त्रीक र असंवैधानिक कदमलाई सरकारले सच्चाउनु पर्ने पार्टीको अडान रहेको बताएका छन ।संसद पुर्नस्थापनानै अहिलेको विकल्प रहेका उनकाे भनाइ छ ।

सरकारले विधुतिय अध्यादेश ल्याएर जनताले बाेल्न पाउने अधिकारकाे अन्त्य गर्ने खाेजेकाे बताए । ओलीले साइबर सेनाकाे सहयाेगले जनतालाइ डराउन, धम्काउन, तर्साउन लागेकाे उनकाे आराेप छ ।

प्रधानमन्त्री गरेकोे गल्तीलाई राष्ट्रपतिले सच्चाउनु पर्नेमा राष्ट्रपतिनै पार्टीगत रुपमा प्रस्तुत भएको र सिंगो संस्थालाईअमर्यादति बनाएको बताएका छन् । संवैधानिक परिषदमा भएकाे नियुक्तिलाई बदनिय तरीकाले नियुक्त गरेका कारण र यसलाई खारेज गर्नेुपर्ने उनकाे भनाई रहेकाे छ  ।



प्रतिक्रिया दिनुहोस !