१४ बैशाख २०८१, शुक्रबार

साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार

प्रकाशित मिति :  21 February, 2021 4:20 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको पहिलो दिन सेयरबजारमा सामान्य बढेको छ । आइतबार नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

आज नेप्सेमा कुल १२ उपसमुह मध्ये १२ उपसमुहमध्ये ७ वटा उपसमुह बढेका छन् भने ५ ओटा उपसमूह घटेका छन् ।

बजारमा आज जलविद्युत् समूह सबैभन्दा बढी ८३.२७ अंकले उकालो लागेको छ। अन्य समूह ३९.९१ अंकले बढेको आज व्यापार समूहमा १६.५ अंक, होटेल्स् समूहमा १२.१७ अंक, विकास बैंक समूहमा २९.३२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४.४४ अंक र म्युचुअल फन्ड समूहमा ०.८२ अंकको बढोत्तरी भएको छ ।

त्यस्तै जीवन बीमा समूह सर्वाधिक ३६१.४६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ८३.८८ ले घटेको आज बैंकिङ समूहमा ७.१३ अंक, वित्त समूहमा ४.१८ अंक र लघुवित्त समूहमा ४५.४६ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आइतबार कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडले अग्र स्थान कायम गरेको छ । आइतबार अपर तामाकोशी, शिव श्री हाइड्रोपावर, निफ्रा लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

नेप्सेमा आज कुल २०७ वटा कम्पनीको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !