११ बैशाख २०८१, मंगलबार

सिभिल बैंकले ६४ करोड बराबरको बोनस सेयर दिने, मर्जरको निर्णय गर्न संचालक समितिलाई पूर्ण अधिकार

प्रकाशित मिति :  21 February, 2021 6:33 pm


काठमाडौं । 

सिभिल बैंकले सेयरधनीलाई ६४ करोड दुई लाख एकहत्तर हजरा एक सय त्रिहत्तर रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको आइतबार सम्पन्न साधारण सभाले संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

भर्चुअल रुपमा सम्पन्न समाधारणसभाले कर कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने तीन करोड छत्तिस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया नगद लाभांश वितरण गर्नसर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

सभाले सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारी

करीव पाँच लाखभन्दा बढी ग्राहकहरु रहेको बैंकको एक सय १४ शाखा छन् भने ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएम मार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिव ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !