१२ बैशाख २०८१, बुधबार

नेकपा विभाजन : प्रदेश १ मा मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रकाशित मिति :  21 February, 2021 8:53 pm


काठमाडौं । प्रदेश १ मा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङवोलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने अनुमति दिएका थिए ।

प्रदेशसभाको अर्को बैठक यही फागुन २० गते १ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको थियो । प्रतिनिधि सभा विघटन भएसँग प्रदेशमा पनि सरकार बचाउने र गिराउनेतिर चलखेल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !