१२ बैशाख २०८१, बुधबार

नेप्से ३२ अंकले घट्दा पनि हाइड्रोमा आयो उछाल

प्रकाशित मिति :  22 February, 2021 4:06 pm


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्से सोमबार ओरालो लागेको छ । समग्रमा बजार घटेपनि हाइड्रोपावरमा भने उछाल आएको छ । सोमबार हाइड्रो ४५.८५ अंकले बढेको छ ।

साताको कारोबारको दोस्रो दिन बजार खुल्ने बित्तिकै २५ अंकले उकालो लागेको नेप्से बीचमा बिक्रेताको लर्को लाग्दा बजार बन्द हुनेबेलामा ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकि १० वटा उपसमूहहरुको सेयर घटेको छ ।

आज हाइड्रो समूह ४५.८५ अंकले उकालो गर्दा अन्य समूहमा २७.८६ अंकको बढेको छ। आज जीवन बीमा समूह सबैभन्दा धेरै ३५१.३४ अंकले घटेको छ । निर्जीवन बीमा समूह १०८.५१ अंकले घटेको यो दिन बैंकिङ समूहमा ५२.५५ अंक, व्यापार समूहमा ९२.७२ अंक, होटेल्स् समूहमा २१.१४ अंक, विकास बैंक समूहमा ६४.८५ अंक, वित्त समूहमा १३.७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५६.३३ अंक, लघुवित्त समूहमा ५६.९५ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकले घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३८ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !