१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चको बाध्यकारी आदेशकाबीच पनि बास्तोला पक्राउ, भने, ‘सरकार वार्ताप्रति गम्भीर छैन’

प्रकाशित मिति :  22 February, 2021 5:16 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला फेरि पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको बाध्यकारी आदेश दिएपनि प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो । प्रहरीले विना पक्राउ पुर्जी पक्राउ गरेको जानकारी  दिए । सर्वोच्च अदालतले बन्दि प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै रिहाका लागि बाध्यकारी आदेश दिएको थियो ।

तर,प्रहरीले गेटबाटै तत्काल पक्राउ गरेको छ । नेता बास्तोलाले सरकारको रबैया ठिक नदेखिएको भन्दै वार्ताप्रति गम्भीर नभएको बताए ।

उनले वार्ताका लागि आफूहरुको कुनै सर्त नभएको भन्दै सरकार इमान्दार भए पुग्ने बताए । तर सर्वोच्चले मानहानीको मुद्दा चलाउने चेतावनी सहितको आदेश दिँदापनि सरकारले पक्राउ गर्नु वार्ताप्रति सकारात्मक नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !