१ बैशाख २०७८, बुधबार

६६ अंकको गिरावटसँगै निफ्राको ओरालो यात्रा सुरु

प्रकाशित मिति :  ११ फाल्गुन २०७७, मंगलवार १२:२७


काठमाडौं । लगातार सकरात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मुल्यमा आज नकरात्मक सर्किट लागेको छ । मंगलबार कारोबार सुरु भएको केहिकेरमा निफ्राको सेयर मूल्य ओरालो लागेको छ ।

कारोबार सुरु भएसँगै उकालो लागेर ७२६ रुपैयाँ भएको निफ्राको सेयर मुल्य एकाएक १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

समग्र बजार घट्दा निफ्रा पनि ६६ अंकले घटेर ५९४ अंकमा झरेको छ । यो समाचार तयार गर्दा सम्म नेप्से ६६ अंकले घटेर २५४०.७४ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका कुल १२ उपसमुह जति सबै राताम्ये भएका छन् ।



प्रतिक्रिया दिनुहोस !