१४ बैशाख २०८१, शुक्रबार

बर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  23 February, 2021 12:25 pm


काठमाडाैं ।  पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ”, उनले भने । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।



प्रतिक्रिया दिनुहोस !